एमसीसी राष्ट्रघाती होइनः गगन थापा
काठमाडौंः नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमसीसी राष्ट्रघाती नभएको बताएका छन्। उनले एमसीसी राष्ट्रघाती नभएको बताउँदै सरकारले संसदमा दर्ता गराएको प्रस्तावलाई राष्ट्रघाती भन्न नहुने बताएका हुन्।
यस्तै उनले विगतमा नेकपा नेतृत्वको सरकारले ल्याएको एमसीसी सम्झौतालाई तत्कालीन नेकपाकै नेताहरुले विरोध गर्न अराजनीतिक भएको बताए। एमसीसी संसदमा टेबल हुनुले सार्वभौम संसदले निर्णयको अधिकार पाएको भन्दै महामन्त्री थापाले कसैले पनि डबल स्ट्याण्डर्ड देखाउन नहुने बताए।
उनले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसमेत एमसीसीको छलफलमा सहभागी हुनु सकरात्मक भएको बताए।