सुदूर नेपाललाई विश्वसँग जोड्दै

एमसीसी टेबल भएपछि देउवाले भनेः अब पास हुन्छ

२०७८ फाल्गुन ८, ०२:५३ खबर संवाददाता

काठमाडौंः प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना एमसीसी अब पारित हुने बताएका छन्। आइतबार प्रतिनिधिसभाको बैठकमा एमसीसी सम्झौता टेबल भएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्नै उनले अब पारित हुने बताएका हुन्। प्रतिनिधिसभाको बैठक सकिएपछि बाहिर निस्कने क्रममा सञ्चारकर्मीहरुले उनलाई एमसीसी कहिले पास हुन्छ भनी प्रश्न गरेका थिए। जवाफमा उनले भने, ‘अब पास हुन्छ।’

प्रतिनिधिसभाको आइतबारको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी सहयोगसम्बन्धी सम्झौता एमससीसी अनुमोदनका लागि टेबल गरेका थिए।

कमेन्ट लोड गर्नुस