पुर्नवासबाट तस्करीको सामान ल्याउँदै गरेका दुई भारतीय सशस्त्र प्रहरीको नियन्त्रणमा
धनगढीः कञ्चनपुरको पुर्नवासबाट तस्करी समानसहित भारतीय नागरिक्लाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ।
आइतबार पुर्नवास नगरपालिका– ८ कंकड सीमा ईलाकामा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट पुनर्वासबाट खटिएको सशस्त्र प्रहरीको टोलीले तस्करी गरि ल्याइएका समान दुई जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको हो।
भारतीय नम्बर प्लेट ३१ ल् ०२३३ र ग्ए ३१ ब्व् ४२६८ का मोटरसाइकलमा भन्सार छली गरि अवैध रुपमा भारतबाट नेपालतर्फ ल्याउँदै गरेको ७ पेटी टायल र १ कार्टुन नमकिन नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जनाएको छ।
सशस्त्र प्रहरीका अनुसार उक्त समान सहित नियन्त्रणमा लिएका भारतीय नागरिक जिल्ला लखिमपुर खिरी कृष्णनगर पलिया बस्ने ३६ वर्षीय सुनिल गुप्ता र जिल्ला लखिमपुर खिरी सम्पूर्णानगर बस्ने १९ वर्षीय बिवेक कुमार रहेका छन। मोटरसाइकलसहित बरामद गरिएको २ लाख २१ हजार मूल्य बराबरका समान सङ्गै भारतिय नागरिकलाई कैलाली भन्सार कार्यालय धनगढीमा बुझाइएको छ।