भीमदत्त राजमार्गमा बस नालीमा छिर्याे
२०७८ फाल्गुन ७, ०३:५३
धनगढी: काठमाडौंबाट डडेल्धुरा गइरहेको बस भीमदत्त राजमार्ग अन्तरगत साहुखर्कमा दुर्घटना भएको छ। ना ७ ख ३२०५ नम्बरको बस सडकको नालीमा छिरेको हो।
दुर्घटनामा कुनै मानविय क्षति नभएको र सबै यात्रु शकुसल रहेको प्रहरीले जनाएको छ। विपरीत दिशातर्फबाट गलत साइडमा आइरहेको मिनी ट्रकका कारण बस नालीमा गएको बताइएको छ।
कमेन्ट लोड गर्नुस