सुदूर नेपाललाई विश्वसँग जोड्दै

सेती अस्पतालको परीक्षणमा थप ८ जनामा कोरोना पुष्टि

२०७८ फाल्गुन ६, ०२:४० खबर संवाददाता

धनगढीः कैलालीको सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा शुक्रबार ८ जनामा कोरोना पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा ८५ नमुना परीक्षण गर्दा ८ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए।

हाल अस्पतालमा ६ जना संक्रमित विरामीको उपचार भइरहेको छ। तीमध्ये ४ जनाको आइसियूमा उपचार भइरहेको छ। यस्तै एक संक्रमितको ज्यान गएको अस्पतालले जनाएको छ। भने एक निको भएर घर फर्किएका छन्। 
 

कमेन्ट लोड गर्नुस