सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा उपचाररत एक कोभिड संक्रमितको मृत्यु

फाइल फोटो
फाइल फोटो
२०७८ फाल्गुन ६, ०१:२६

धनगढीः धनगढीमा एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। कञ्चनपुर पुर्नवास ७ का ८८ वर्षीय पुरुषको धनगढीमा मृत्यु भएको हो। 

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार उनी दम सम्बन्धी बिरामी भई उपचारको लागि माघ २७ सेती अस्पताल धनगढीमा आएका थिए। सोही दिन कोरोना परीक्षण गर्दा पोजेटिभ भई उपचारकै क्रममा थिए। 

उपचाररत रहेका उनको आज बिहान ९ बजे मृत्यु भएको अस्पतालले जनाएको छ।

कमेन्ट लोड गर्नुस