सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रकाशमानलाईं भेट्न निस्किए देउवा

फाइल फोटो
फाइल फोटो
२०७८ फाल्गुन ६, ०८:४५ खबर संवाददाता

काठमाडौं : प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आफ्नै दलका प्रभावशाली नेता प्रकाशमानसिंहलाईं भेट्न बालुवाटारबाट निस्किएका छन्। एमसीसीका कारण सत्तागठबन्धनभित्रै विवाद बढिरहेका बेला प्रधानमन्त्री देउवा सिंहलाई भेट्न निस्किएका हुन्।

सत्तागठबन्धनको बैठक बस्नुअघि एमसीसीबारे सल्लाह गर्न देउवा प्रकाशमाननिवास जान गएका हुन्। १० बजे सत्तागठबन्धनको बैठक बस्दैछ। त्यस्तै आजै १ बजेका लागि संसद बैठक डाकिएको छ।

कमेन्ट लोड गर्नुस