सुदूर नेपाललाई विश्वसँग जोड्दै

मोहन्याल गाँउपालिकामा आर्थिक अनियमितताको छानविन गर्न वडा अध्यक्षहरुद्धारा रोक

२०७५ माघ ६, ११:०३ कमल सावद

कैलालीको मोहन्याल गाँउपालिकामा आर्थिक हिनामिना भएको आरोप प्रत्यारोप लागेपछि छानविन गर्न गठन भएको समितिलाई काम रोक लगाईएको छ। राजनीतिक शक्तीको आडमा गाउँपालिकाका वडा अध्यक्षहरुले नै छानविन समितीलाई काम गर्न नदिएका हुन्। गाँउपालिकाको गत आर्थिक वष २०७४/०७५ का योजनाहरुमा आर्थिक हिनामिना भएको भन्दै पौष अन्तिम साता बढेको गाँउ कार्यपालिकाको बैठकले अनुगमन समिति गठन गरेको थियो। गाउँ कार्यपालिकाको बैठकले उपाध्यक्ष बुढामगरको संयोजकत्वमा ५ सदस्यीय छानविन समिति गठन गरेको थियो। 
मोहन्याल गाँउपालिकामा जनप्रतिनिधिहरुको प्रत्यक्ष सहभागितामा आर्थिक हिनामिना भएको आरोप लागिरहेका बेला अनुगमनमा पनि जनप्रतिनिधिहरुले रोक लगाएको आरोप लागेको हो। गाँउपालिकाका उपाध्यक्ष पुजादेवी बुढामगरको नेतृत्वमा रहेको छानविन समितीलाई अनुगमनमा रोक लगाउने प्रयास भइरहेको हो। समितिमा जिल्ला प्रसाशन कार्यालय, जिल्ला सम्वन्वय समितिका प्रतिनिधि पनि छन्। तर उनीहरुलाई माघ १० गते भन्दा अगाडी अनुगमन समेत नगर्न राजनीतिक दवाव आईरहेको छ। यतिसम्मकी गाँउपालिकाको आर्थिक हिनामिनाका सवालमा कुनै पनि जनप्रतिनिधिले सर्वजनिक रुपमा नबोल्न भनिएको छ। मोहन्यालका स्थानीय कमल थापाले भने, मोहन्याल गाँउपालिकाको बजेटमा हिनामिना भएको भन्दै मैले सूचना मागेको थिए। उनीहरुले दिएनन्। अहिले आएर उपाध्यक्षले यो बिषय बाहिर ल्याउनु भएको छ। तर अनुगमन अझै गर्न नदिने प्रयास भइरहेका छन्। उनले थपे, गाँउपालिकाले उपभोक्ता समिति मार्फत सम्पन्न गरिएका योजनाहरुमा बढि आर्थिक हिनामिना भएको आंशका छ। 
कैलालीको मोहन्याल गाउँपालिकाको वडा नम्बर ३, ५ र ६ मा भैँसी पालन सम्बन्धी गाउँपालिकाले कृषि कार्यक्रम अन्तरगत उन्नत जातको राँगोका लागि तीन समुह गठन भएका थिए। राँगो किनिएको छैन्। तर रकम गाँउपालिकाबाट निकासी भएको स्रोतले बताएको छ। अन्य योजनामा पनि गाँउपालिकाको योजनाहरुमा आर्थिक हिनामिना भएका भन्दै उपाध्यक्ष सहितका जनप्रतिनिधिले पत्रकार सम्मेलन नै गरेका थिए। उपभोक्ता समितिबाट निर्माण भएका योजनाहरुमा बढि आर्थिक हिनामिना भएको आशंका गरिएको थियो।  वडा अध्यक्षहरु भने उपाध्यक्षले गाँउपालिकाका योजनाको बारेमा जानकारी नलिएर बाहिर गएको आरोप लगाएका छन्। गाँउपालिकाको आर्थिक हिनामिनाका बिषयमा आन्तरिक छलफल गर्न सकिने उनीहरुको धारणा छ। गाँउपालिकाको वडा नम्बर १ का अध्यक्ष नविन पुनमगरले उपाध्यक्षले गाँउपलिकाका जनप्रतिनिधिसंग छलफल गर्नुपर्ने बताए। उनले भने, उपाध्यक्ष बाहिर जानुभयो। आर्थिक हिनामिनका बिषयमा गाँउपालिकामै छलफल गर्नुपर्ने हुन्थ्यो तर भएन। 

उपभोक्ता समितिका पदाधिकारीहरुलाई पनि वडा अध्यक्षहरुले धम्काउने गरेको खुल्न आएको छ। समितिका पदाधिकारीहरुलाई वडा अध्यक्षहरुले आर्थिक हिनामिनका बिषयमा कसैलाई भने हिनामिनामा मुच्छ्ने धम्की दिइरहेका छन्। अनुगमन तथा छानविन समितिका संयोजक तथा गाँउपालिकाका उपाध्यक्ष पुजादेवी बुढामगरले भनिन्–,८  गतेको गाँउपालिकाको बैठक पछि मात्र अनुगमन सूरु गर्ने बताए। उनले गाँउपालिकाका वडा अध्यक्षहरुले गरेको आर्थिक हिनामिनाका बिषयमा केही खुलेको छैन्। हामी ८ गतेको बैठकपछि मात्र अनुगमनमा जाने योजनामा छौ। अनुगमनपछि मात्र हिनामिनका बिषयमा बोलौला। तर जनप्रतिनिधिहरु बिच यो बिषयमा बाहिर कसैलाई नभन्ने कुरा भएको उनले बताए। 

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस