सुदूर नेपाललाई विश्वसँग जोड्दै

देउवाको गृह जिल्लामा ‘नेपाली काँग्रेस विपी’, संयोजकको जिम्मेवारी हमाललाई

२०७८ फाल्गुन ४, ०५:१९ खबर संवाददाता

डडेल्धुराः प्रधानमन्त्री एवं नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुुरको देउवाको गृहजिल्लामा नेपाली काँग्रेस (विपी)को कार्यसमिति गठन हुने प्रक्रिया सुरु भएको छ। प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको समाजवादलाई आदर्श बनाएको  नेपाली काँग्रेस (विपी)को जिल्ला संयोजकको जिम्मेवारी तिलक हमालले पाएका छन्।

बुधबार जिल्ला सदरमुकाम डडेल्धुरामा भएको एक कार्यक्रममा पार्टीका केन्द्रीय उपसभापति बिष्णुप्रसाद ढकालले हमाललाई संयोजकको जिम्मेवारी दिएका हुन्। नेपाली काँग्रेस डडेल्धुराका पूर्व जिल्ला कार्य समिति सदस्य समेत रहेका उनले जिल्लामा छिट्टै कार्य समिती विस्तार गर्ने बताएका छन्। 

कार्यक्रममा बोल्दै उनले नेपाली काँग्रेस ठेकेदारको पार्टी भइसकेकोले काँग्रेस छोडेको बताए। उनले भने, ‘व्यक्तिले पार्टीलाई सञ्चालन गर्न थाले, वीपीको समाजवाद हराउन थाल्यो। नेपाली काँग्रेस विपीको बिचार मन पर्यो र यो पार्टीमा समाहित हुन आए।’

डडेल्धुरा कांग्रेसभित्र पछिल्लो समयमा विभिन्न गुट–उपगुट देखिन थालेका छन्। काँग्रेसको १४औं महाधिवेशनमा समेत देउवाले गृहजिल्लामा एकलौटी रूपमा निर्वाचन गरेको आरोप लाग्दै आएको छ। सोहीकारण पूर्व जिल्ला सभापति कर्णबहादुर मल्ल पक्ष रूष्ट छ।
 

कमेन्ट लोड गर्नुस