के भोलि नेपाल बन्द हो ? यस्तो छ वास्तविकता
धनगढीः सरकारले बुधबारको प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल गराउने भएको छ। सत्तारुढ दल नेपाली काँग्रेसको बुधबारको प्रतिनिधिसभा बैठकले एमसीसी टेबल गराउने निर्णय गरेसँगै एमसीसी टेबल हुने भएको हो।
यसैबीच विभिन्न दलहरु भने एमसीसीको विरोधमा आन्दोलन तथा कार्यक्रमहरु गरिरहेका छन्। नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, विप्लव नेतृत्वको नेकपा लगायतका साना तथा ठुला दलहरुले एमसीसीको विरोध गरिरहेका हुन्। यस्तै आज मात्रै सामाजिक सन्जालमा एउटा व्यानरसहितको सूचना भाइरल भइरहेको छ।
एमसीसीको विरोधमा विप्लव नेतृत्वको नेकपा, वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीसहितका दलहरुले भोलि नेपाल बन्द गर्ने सूचना भाइरल भैरहेको हो। एमसीसीको विरुद्ध फागुन ४ गते नेपाल बन्द गरौ लेखिएको विप्लव तथा वैद्यका कार्यकर्ताले नेपाल बन्दको सूचना भाइरल बनाइरहेका हुन्।
तर, अहिलेसम्म ती पार्टीको तर्फबाट कुनै आधिकारिक विज्ञप्ती तथा सूचना भने आएको छैन। दलहरुले भोलि आन्दोलन तथा सभा, मसाल जुलुस लगायतका विरोधका कार्यक्रम मात्र गर्ने जनाएका छन्। उनीहरुले देशव्यापी आन्दोलन गर्ने जनाएका हुन्।