सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा यस्तो बन्यो फोटो पत्रकार महासंघको नयाँ कार्यसमिति

२०७८ फाल्गुन ३, ०४:४१ खबर संवाददाता

डडेल्धुराः डडेल्धुरामा नेपाल फोटो पत्रकार महासंघको नयाँ कार्यसमिति चयन भएको छ। मंगलबार महासंघको पहिलो जिल्ला भेलाबाट भानबहादुर बिकको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो। 

यस्तै उपाध्यक्षमा बहादुर साँउद, सचिवमा राकेश दयाल, सहसचिवमा धनी कोली, कोषाध्यक्षमा ममता भट्ट, सह कोषाध्यक्षमा सँगिता ठकुराठी, सदस्यहरुमा क्रमशः गणेश मगर, ईश्वरी पनेरु, विवेक जैरु, सुरेन्द्र धामी, भाष्कर उप्रेती, डम्बर निदाल, पदमा साँउद, प्रकाश बिसी चयन भएका छन्। 

भेलामा नेपाल फोटो पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष बिवेक नागरी, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य उत्तर बिष्ट लगायतको उपस्थिती थियो।


 

कमेन्ट लोड गर्नुस