कांग्रेस कञ्चनपुरले भन्यो, ‘सामाजिक सञ्जालमा उम्मेदवारी घोषणा नगर्नुस्’
कञ्चनपुरः कञ्चनपुरमा नेपाली काँग्रेसले नेता तथा कार्यकर्तालाइ सचेत गराएको छ। कञ्चनपुर काँग्रेसको जिल्ला कार्य समितिले एक विज्ञप्ती जारी गर्दै आफ्ना पार्टीका नेता तथा कार्यकर्तालाइ सचेत गराएको हो।
विज्ञप्तीमार्फत काँग्रेसले घोषित स्थानीय तह निर्वाचनमा स्वैच्छिक तरिकाले उम्मेद्वारी घोषणा नगर्न भनेको छ। यस्तै पार्टीले आधिकारिक उम्मेदवार तय नगर्दासम्म सामाजिक सञ्जाल, पत्रिका र अन्य माध्यमहरूमा उम्मेदवारी घोषणा नगर्न विज्ञप्तीमा उललेख छ।
काँग्रेस कञ्चनपुरका सचिव भीमराज भट्टद्वारा जारी विज्ञप्तीमा पार्टीका सबै तह र तप्कामा रहेकाहरूलाई निर्वाचनको परिणाम काँग्रेसको पक्षमा ल्याउन आ–आफ्नो क्षेत्रमा सक्रिय भएर लाग्न अनुरोध गरिएको छ।