सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा मोटरसाइकल दुर्घटना, तीन घाईते

२०७८ माघ २८, ०५:१२ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरको पुर्वपश्चिम राजमार्ग अन्तरगत भाँसीको वेरियल चोकमा मोटरसाइकल दुर्घटना भएको छ। दुई मोटरसाइकल आपसमा ठोक्किदा दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा तीन जना घाइते भएका छन्। घाइते हुनेमा प्रविन चौधरी, नविन चौधरी र नरेश जोशी रहेका छन्। कञ्चनपुर प्रहरीका अनुसार पूर्वबाट पश्चिमतिर गइरहेको म २ प ५१०९ नम्बरको मोटरसाइकललाई सुदूरपश्चिम प्रदेश ०२०८ प ४६६४ नम्बरको मोटरसाइकले ठक्कर दिएको हो।

घाइतेहरुको अवस्था सामान्य रहेको र  महाकाली अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। दुवै मोटरसाइकललाइ प्रहरीले नियन्त्रणमा लिएको छ। 

कमेन्ट लोड गर्नुस