सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीका विद्यालय फागुन १ देखि खुल्दै

२०७८ माघ २७, ०१:५३ खबर संवाददाता

बैतडीः कोरोना संक्रमणको जोखिमका कारण बन्द रहेका बैतडीका विद्यालय फागुन १ गतेदेखि सञ्चालनमा आउने भएका छन्। सरकारले कोरोनाको तेस्रो तहर तथा ओमिक्रोन संक्रमण तीव्र रूपमा फैलिएको भन्दै गत पुस अन्तिम साताबाट माघ मसान्तसम्म विद्यालय बन्द राख्न निर्देशन दिएको थियो। 

कोरोना संक्रमणदर घट्दै गएको र जोखिम पनि कम हुँदै गएकाले फागुन १ गतेदेखि विद्यालय सञ्चालन गर्ने तयारी भएको शिक्षा विकास तथा समन्वय एकाइ बैतडीका प्रमुख नरेन्द्र अवस्थीले जानकारी दिए।

विद्यालय सञ्चालन गरिए पनि स्वास्थ्य सुरक्षाका मापदण्ड पालना भने अनिवार्य गर्न भनिएको प्रमुख अवस्थीले बताए। बैतडी जिल्लाभरिमा ५६२ विद्यालय रहेका छन्। तीमध्ये २४ संस्थागत र बाँकी सामुदायिक विद्यालय रहेका शिक्षा विकास तथा समन्वय एकाइले जनाएको छ। 

कमेन्ट लोड गर्नुस