डडेल्धुरामा सल्लाको गोलियाले च्यापिएर एक पुरुषको मृत्यु
२०७८ माघ २४, ०३:३५
डडेल्धुराः डडेल्धुरामा सल्लाको गोलियाले च्यापिएर एकजनाको मृत्यु भएको छ। जिल्लाको अजयमेरु गाउँपालिका ४ धारी बस्ने ४५ वर्षीय भोज बहादुर साहुको मृत्यु भएको हो।
आइतबार दिउँसो गोलियाले च्यापिएर उनको मृत्यु भएको प्रहरीले जनाएको छ। अजयमेरुकै चिलचौरास्थित सल्लाको गोलीया काट्ने क्रममा उक्त गोलियाले च्यापिएर उनको घटनास्थलमै मृत्यु भएको थियो।
कमेन्ट लोड गर्नुस