बाजुरामा प्रहरीद्धारा छाउगोठको तथ्याङ्क संकलन सुरु
छाउपडी गोठ भत्काउने काम थालियो
बाजुरामा छाउगोठ भत्काउने अभियान सुरु भएको छ । बुढीनन्दा नगरपालिका वडा नम्बर ९ को अंगाउपानीमा छाउगोठमा निसासिएर एक आमा दुई छोरा सहित तीन जनाको मृत्यु भएपछि छाउगोठ भत्काउने काम सुरु भएको हो । बुढीन्नदा नगरपालिकाले १० दिनभित्र छाउगोड गोठ नभत्काउने र छाउपडी गोठमा बस्नेलाई सम्पुर्ण सेवा सुविधाबाट बञ्चित गर्ने निर्णय गरेपछि भत्काउने काम सुरु भएको हो । बस्ने र बस्न लगाउनेलाई कानुनी कारवाही गर्ने निर्णय समेत गरिएको छ । निर्णयपछि गाँउमा छाउगोठ भत्काउने अभियान चलेको नगरपालिकाकी उपमेयर सृष्टी रेग्मीले वताईन् । बुढीन्नदा नगरपालिका वडा नम्बर ४ मात्र ४७ गोठ भत्काएको रेग्मीले वताईन् । नगरपालिकाले सबै वडा र टोलमा पत्रचार गरेपछि स्थानीय आफै भत्काउने लागेका हुन् ।
नगरपालिकामा आजसम्म ६० भन्दा बढी गोठ भत्काईसकेको नगरपालिकाले जनाएको छ । जिल्ला प्रहरी कार्यलय बाजुराले पनि गाँउ गाँउमा पुगेर छाँउगोठको तथ्याङ्क संकलन सुरु गरेको छ । प्रहरी प्रमुख डिएसपी उद्धव सिंह भाटका अनुसार नौ वटा स्थानीय तहमा अहिलेसम्म १ सय २० भन्दा बढी गोठ रहेको जानकारीमा आएको वताए । जिल्ला प्रशासन कार्यालय बाजुरा मार्फत सबै स्थानीय तहलाई भत्काउनका लागि निर्देशन समेत गरिसकेको छ । प्रहरीले पहिलो पटक तथ्याङ्क संकलन गर्ने, पछि अनुगमनमा नजादा नभत्काएको पाईएमा प्रहरीले आफै भत्काउन शुरु गर्ने प्रहरी प्रमुख भाटले वताए । बाजुराका नौ वटा स्थानीय तहमै छाउगोठ भत्काउन सुरु गरिएको स्थानीय तहले वताएका छन् । बुढीगंगा नगरपालिका– ९ का वडा अध्यक्ष भरत थापाले भने गाँउ टोलमा गएर छाँउगोठका भए नभएको जानकारी लिईरहेको वताए । गोठ भेटिएमा स्थानीयलाई नै भत्काउन लगाउने काम गरेको उनले वताए ।