कञ्चनपुरको सीमाक्षेत्रका ११७ सीमा स्तम्भ हराए
कञ्चनपुरः कञ्चनपुर जिल्लास्थित सीमा क्षेत्रमा रहेका ११७ ओटा सीमास्तम्भ हराएका छन्। नेपाल–भारत सीमाका मुख्य ६४ स्तम्भमध्ये ११ वटा र २२२ सहायक स्तम्भमध्ये ५३ हराएका हुन्।
सशस्त्र प्रहरीको झलारीस्थित ३५ नम्बर गणका अनुसार कञ्चनपुरमा मुख्य सीमा स्तम्भ ६४ मध्ये ६ वटा खोलाले बगाएको छ। ५ वटा हराएका छन्। एउटा पानीमा डुबेको छ भने ५ वटाको सामान्य मर्मत र १० वटाको पुनर्निर्माण गर्नुपर्ने छ। यस्तै २२२ सहायक स्तम्भमध्ये ३० वटा खोलाले बगाएको छ भने २३ वटा हराएका छन्। निर्माण नभएका ७६ र सामान्य मर्मत गर्नुपर्ने २ वटा रहेका छन्। यसैगरी १ सय ४ वटा साना स्तम्भमध्ये ७ वटा मात्रै ठीक अवस्थामा छन्। ८५ वटा निर्माण नै भएको छैन भने ८ वटा हराएका छन् र ४ वटा खोलाले बगाएको छ।
हालसम्म स्तम्भको मर्मत सम्भार वा पुनः निर्माणको काम हुन सकेको छैन। यस्तै भारतसँग सीमा जोडिएको क्षेत्रमा ठाउँठाउँमा विवाद छ।