कैलारी गाँउपालिकाका अध्यक्ष र उपाध्यक्षले मनोमानी रुपमा आफु निकटका संस्थालाई कार्यक्रम दिएको आरोप
अध्यक्षकी श्रीमती र उपाध्यक्षका श्रीमान सदस्य रहेको सस्थालाई २५ लाख दिएपछि वडा अध्यक्षहरु रुष्ट
कैलारी गाँउपालिकाका अध्यक्ष लाजुराम चौधरी र उपाध्यक्ष लक्ष्मी सत्गौवा थारुले मनोमानी रुपमा गाँउपालिकाका कार्यक्रमहरु संस्थालाई दिएको आरोप लागेको छ। गाँउपालिकाले सञ्चालन गर्ने लक्षित वर्गका कार्यक्रमहरु आफु निकटका संस्थालाई दिएको वडा अध्यक्षहरुले नै आरोप लगाएका हुन्। सामाजिक उत्तरदायित्व, सिपमुलक तालिम लगायतका कार्यक्रम मनोमानी रुपमा आफु निकटका संस्थालाई बजेट दिएको आरोप लागेको हो। गाँउपालिकाले लक्षित वर्गका कार्यक्रम सञ्चालन गर्न वडालाई अख्तियारी दिएको बताएको छ भने वडा कार्यालयहरुले कार्यक्रमहरुको बारेमा जानकारी नभएको बताएका छन्।
कैलारी गाँउपालिकाका अध्यक्ष र उपाध्यक्षले आफु निकटका संस्थालाई कार्यक्रम दिएपछि वडा अध्यक्षहरुले नै विरोध गरेका हुन्। गाँउपालिकाले लक्षित बर्गका कार्यक्रमहरु संस्थाहरुलाई वितरण गरिसकेको छ। तर वडा अध्यक्षहरुलाई त्यस्को बारेमा सुईको छैन्। गाँउपालिकाले सञ्चालन गर्ने कार्यक्रमहरु के कती छन् ? उनीहरुले सञ्चालन गर्ने कार्यक्रमको रकम कति हो ? भन्ने विषयमा वडा अध्यक्षहरुले जानकारी नभएको बताएका छन्। वडालाई कम रकम भएका कार्यक्रम मात्र गाँउपालिकाले दिएको छ। गाँउपालिकाले २५÷३० लाखका कार्यक्रमहरु भने आफै वितरण गरेको छ। गत आर्थिक बर्षमा पनि यस्तै भएको वडा अध्यक्षहरुको गुनासो छ। बेतबास निर्माण, बुङ्गुर पालन लगाएका कार्यक्रहरु कम रकमका मात्र वडा कार्यालयलाई अधिकार दिएको छ। अन्य कार्यक्रमहरु कसरी सञ्चालन भईरहेका छन् यो बिषयमा वडा अध्यक्षहरु पनि अनभिज्ञ छन्।
रामसरण चौधरी अध्यक्ष रहेको स्मार्ट सोसाईटी नेपाल नाम भएको संस्थामा गाउँपालिकाकी अध्यक्ष लाजुरामकी श्रीमती र उपाध्यक्ष लक्ष्मीका श्रीमान सदस्य रहेका छन्। यो संस्थालाई २५ लाखको कार्यक्रम दिईएको छ। गाँउपालिकाका अध्यक्ष लाजुरामको निर्देशनमा संस्थालाई कार्यक्रम दिइएको वडा अध्यक्षहरुको आरोप छ। तर कति रकमको कार्यक्रम दिएको भन्ने बिषयमा वडा अध्यक्षहरुलाई जानकारी पनि छैन्। संस्थाहरुलाई वितरण गरीएको कार्यक्रमका बारेमा सूचना दिन गाँउपालिकाका अध्यक्षा लाजुराम चाैधरीले नियम अनुसार कार्यत्रम िदइएकाे जानकारी दिए ।