सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरामा सशस्त्र प्रहरीको भवन शिलान्यास

२०७८ माघ २१, ०५:४२ खबर संवाददाता

बाजुराः बाजुरामा सशस्त्र प्रहरी बलको भवनको शिलान्यास गरिएको छ। प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौडेल र सशस्त्र प्रहरी बल नेपाल नम्बर ३६ गण हेडक्वाटर डोटीका सशस्त्र प्रहरी उपरीक्षक हर्कबहादुर बिष्टले संयुक्त रुपमा शिलान्यास गरेका छन्।

जिल्लाको बडिमालीका नगरपालिका-९ जनौतिमा सशस्त्र प्रहरी बल नेपालको आफ्नै भौतिक संरचना निमार्ण गर्ने निती अनुरुप १२ रोपनी ६ आना क्षेत्रफलमा भौतिक संरचना निमार्णको कार्य सुरु भएको बताइएको छ। आफ्नै भौतिक संरचना निमार्ण हुदाँ सेवा प्रवाहमा समेत सहजता हुने अपेक्षा छ।
 

कमेन्ट लोड गर्नुस