सुदूर नेपाललाई विश्वसँग जोड्दै

अनेरास्ववियू बझाङद्वारा प्रधानमन्त्रीलाइ ज्ञापनपत्र, मूल्यवृद्धि फिर्ता लिन माग

२०७८ माघ २०, ०६:३२ खबर संवाददाता

बझाङः पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै नेकपा एमाले निकट अनेरास्ववियू बझाङले जिल्ला प्रशासन कार्यालय बझाङमार्फत प्रधानमन्त्रीलाइ ज्ञापन पत्र बुझाएको छ। बिहिबार कोरोनाका कारण दैनिक गतिविधि ठप्प हुँदा जनतालाई दैनिकी चलाउन समस्या भइरहेको अवस्थामा मूल्यवृद्धि गर्नु उचित नभएको भन्दै अनेरास्ववियूले प्रमुख जिल्ला अधिकारी बाबुराम अर्याल मार्फत ज्ञापन पत्र बुझाएको हो।

उक्त ज्ञापन पत्रमा सरकारलाइ तत्काल पेट्रोलियम पदार्थको मूल्य घटाउन माग गरिएको छ। अन्यथा आन्दोलन चर्काउने अनेरास्ववियूको चेतावनी छ। यस्तै उनीहरुले जिल्लामा संचालन हुने सरकारी नम्बर प्लेटका सवारी साधनहरू २१ गते चल्न नदिने जनाएको छ।
 

कमेन्ट लोड गर्नुस