सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा ३ किलो चरेशसहित एकजना पक्राउ

२०७८ माघ १९, १२:२३ खबर संवाददाता

कञ्चनपुर: कञ्चनपुरमा ३ किलो चरेशसहित एकजना पक्राउ परेका छन्। मंगलबार  साँझ कृष्णपुर नगरपालिका– ६ मौरीफाँटा बस्ने ३० वर्षीय रमेश लुहारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। 

उनको घरबाट ३ किलो ६० ग्राम चरेश बरामद गरिएको कञ्चनपुर प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले बताए। लुहारमाथि थप अनुसन्धान भइरहेको उनले बताए।    

कमेन्ट लोड गर्नुस