सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा एक लाख ४० हजारले लगाए कोरोना खोप

फाइल फोटो
फाइल फोटो
२०७८ माघ १८, ०७:२०

बैतडी: बैतडीमा कोरोनाविरुद्धको खोप लगाउनेको सङ्ख्या एक लाख ४० हजार नाघेको छ। स्वास्थ्य कार्यालयका स्रोतव्यक्ति चन्दन सुवेदीका अनुसार एक लाख ४० हजार  २२५  जनाले कोरोनाविरुद्धको पहिलो खोप लगाएका हुन्।  पूर्णरुपमा उक्त खोप लगाउनेको सङ्ख्या भने एक लाख छ हजार २५२ रहेको छ। 

पछिल्लो विवरणअनुसार सदरमुकामस्थित दशरथचन्द नगरपालिकामा  २४ हजार १६७ जनाले पहिलो मात्रा र २२ हजार ११८ जनाले पूर्ण मात्रा खोप लगाएका छन्। पुर्चौंडी नगरपालिकामा २० हजार ८०१ जनाले पहिलो मात्रा र  १२ हजार ७९१ जनाले पूर्ण मात्रा खोप लगाएका छन्। 

यसैगरी  पाटन नगरपालिकामा १५ हजार ३२५ जनाले पहिलो मात्रा र २२ हजार १४२ जनाले पूर्ण मात्रा खोप लगाएका छन्। मेलौली नगरपालिकामा १३ हजार ६५९ जनाले पहिलो मात्रा र सात हजार ४९५ जनाले पूर्ण मात्रा खोप लगाएका छन्।

यस्तै डिलासैनी गाउँपालिकामा १७ हजार ७३३ जनाले पहिलो मात्रा र आठ हजार ४४३ जनाले पूर्ण मात्रा खोप लगाएका छन्। दोगडाकेदार गाउँपालिकामा १३ हजार ८१८ जनाले पहिलो मात्रा र आठ हजार ५९५ जनाले पूर्ण मात्रा पाएका छन्। सिगास गाउँपालिकामा नौ हजार ८८ जनाले पहिलो मात्रा र ६ हजार ४०९ जनाले पूर्ण मात्रा खोप लगाएको स्वास्थ्य कार्यालयले जनाएको छ। 

सुर्नया गाउँपालिकामा नौ हजार ३१४ जनाले पहिलो मात्रा र ६ हजार ७८४ जनाले पूर्ण मात्रा खोप लगाएका छन्। पञ्चेश्वर गाउँपालिकामा आठ हजार ९७० जनाले पहिलो मात्रा र ६ हजार ९९५ जनाले पूर्ण मात्रा खोप लगाएका छन्।  शिवनाथ गाउँपालिकामा सात हजार ३५० जनाले पहिलो मात्रा र चार हजार ४८० जनाले पूर्ण मात्रा खोप लगाएका छन्। 

सरकारले यसअघि खोप लगाउन छुटेको सबै नागरिकलाई खोप लगाउनसमेत अनुरोध गरेको थियो। यहाँका सबै स्थानीय तहबाट कोरोनाविरुद्धको खोप अभियान निरन्तररुपमा सञ्चालन भइरहेको जनाइएको छ।  
 

कमेन्ट लोड गर्नुस