सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा चितुवा मृत भेटियो

२०७८ माघ १५, ०२:२८ खबर संवाददाता

बझाङः बझाङमा एक चितुवा मृत अवस्थामा फेला परेको छ। जिल्लाको बुङ्गल नगरपालिका वडा नम्बर ४ तम्तोली गाउँ नजिकै चितुवा मृत फेला परेको हो। 

शनिबार गोली लागेर घाइते भएको चितुवा तम्तोली बस्ती नजिकै मृत भेटिएको प्रहरीले जनाएको छ। मृत भेटिएको चितुवाबारे अनुसन्धान भैरहेको प्रहरीले बताएको छ।

कमेन्ट लोड गर्नुस