सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीका केहि स्थानियतह दमकल विहिन

। फोटो स्रोत ।
२०७५ पुष ३०, ०५:३८ सीपी लोहीया

बैतडीका ८ स्थानीय तह बारुणयन्त्र (दमकल)विहीन रहेका छन्। १० स्थानिय तह रहकोमा मेलौली नगरपालिका, पुर्चौडी नगरपालिका, दोगडाकेदार गाउँपालिका, डिलाशैनी गाउँपालिका, सुर्नया गाउँपालिका, सिगास गाउँपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकामा दमकल छैन। आकस्मिक रुपमा आगलागी हुंदा निभाउने यन्त्र नै नभएपछि समस्या हुने गरेको छ। दमकल अत्यावश्यक भएपनि बजेट अभावमा यो बर्ष खरिद गर्न नसकेको सुर्नया गाउँपालिकाका अध्यक्ष वीर बहादुर विष्टले बताए। जिल्लाको दशरथचन्द नगरपालिका र पाटन नगरपालिकामा भने दमकल रहेका छन्। नगरपालिकामा दमकल भएकोले आगलागी हुँदा पनि ठुलो क्षती हुनबाट बच्न सजिलो भएको पाटन नगरपालिकाका प्रमुख केशव बहादुर चन्दले बताए। अत्यावश्यक रुपमा रहेको दमकल नहुँदा आगलागीबाट ठुलो क्षती समेत व्यहोर्नुपरेको छ। दमकल खरिदका लागी बैतडीका सबै स्थानीय तहहरुका प्रमुखहरुलाई आग्रह गर्ने प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरेले बताए। अत्यावश्यक चिजबस्तु खरिदका लागी पनि यहाँका स्थानीय तहका जनप्रतिनिधी उदासीन भएको नागरिकहरुको गुनासो छ।  

सीपी लोहीया दिनेश खवरका बैतडी संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस