सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा मोटरसाइकल र अटो ठोक्किए, एक जनाको मृत्यु[अपडेट]

२०७८ माघ १३, ०३:१३ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरमा भएकाे दुर्घटनामा एक पुरुषको मृत्यु भएको छ। बुधबार जिल्लाको पुनर्वास नगरपालिका-३ माईली बजारस्थित सडकमा लु २ स ००८१ नम्बरको अटो रिक्सा र से १ प ७६४४ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँएका थिए। 

सो दुर्घटनामा अटो चालक सोही ठाउँ बस्ने ३५ वर्षीय राजेन्द्र मिजारको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका अटोमा सवार र मोटरसाइकल चालक समेत गरी ६ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ।

सम्बन्धित समाचार:
कञ्चनपुरको माइली बजारमा अटो र मोटरसाइकल ठोक्किँदा ७ जना घाइते
 

कमेन्ट लोड गर्नुस