सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरामा प्रशासन र जनप्रतिनिधीमाथि दुर्व्यवहार गरेको आरोपमा वडा अध्यक्ष पक्राउ

२०७८ माघ १२, ०९:४८ खबर संवाददाता

बाजुरा: बाजुराको त्रिवेणी नगरपालिका ७ का वडा अध्यक्ष प्रेमबहादुर थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ। नगरपालिका र कर्मचारी प्रशासनबाट दिएको उजुरीका आधारमा अध्यक्ष थापालाई प्रहरीले नियन्त्रणमा लिएको हो। कार्यपालिकाको निर्णय पुस्तीका च्यातेको र कर्मचारी प्रशासन र जनप्रतिनिधिमाथि नै अभद्र व्यवहार गरेको उजुरीपछि वडा अध्यक्ष थापालाई प्रक्राउ गरिएको प्रहरी निरीक्षक देवेन्द्र जोशीले बताएका छन्।

उजुरी वडा नम्बर ९ का अध्यक्ष वीरबहादुर विष्टको नाममा पनि दिइएको थियो। उनी प्रहरी नियन्त्रणमा नरहेको र खोजी कार्य जारी रहेको प्रहरीले जोशीले बताए। घटनाको अनुसन्धान भइरहेको र विष्ट पक्राउ परेपछि अध्यक्षले सो कार्य गरे नगरेको पुष्टि हुने उनले बताए। आरोपमा वडा अध्यक्ष पक्राउ बाजुरा बाजुराको त्रिवेणी नगरपालिका ७ का वडा अध्यक्ष प्रेमबहादुर थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

नगरपालिका र कर्मचारी प्रशासनबाट दिएको उजुरीका आधारमा अध्यक्ष थापालाई प्रहरीले नियन्त्रणमा लिएको हो। कार्यपालिकाको निर्णय पुस्तीका च्यातेको र कर्मचारी प्रशासन र जनप्रतिनिधी माथि नै अभद्र व्यवाहार गरेको उजुरी पछि वडा अध्यक्ष थापालाई प्रक्राउ गरिएको प्रहरी निरीक्षक देवेन्द्र जोशीले बताएका छन्। उजुरी वडा नम्बर ९ का अध्यक्ष वीरबहादुर विष्टको नाममा पनि दिइएको थियो।

उनी प्रहरी नियन्त्रणमा नरहेको र खोजी कार्य जारी रहेको प्रहरीले जोशीले बताए। घटनाको अनुसन्धान भइरहेको र विष्ट पक्राउ परेपछि अध्यक्षले सो कार्य गरे नगरेको पुष्टि हुने उनले बताए।

कमेन्ट लोड गर्नुस