सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा थप ६५२ जनामा कोरोना पुष्टि

२०७८ माघ ११, ०५:४५ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरसको संक्रमण दर फेरि बढेको छ। प्रदेशमा मंगलबार ६५२ जनामा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य निर्देशनालय दीपायलले सार्वजनिक गरेको तथ्यांकअनुसार १ हजार ७३ जनाको एन्टिजेन र ५ सय जनाको पीसीआर परीक्षण गर्दा आज ६५२ जनामा संक्रमण पुष्टि भएको हो।  सोमबार ५५० जनामा संक्रमण फेला परेको थियो।  

आज संक्रमण पुष्टि भएकामध्ये ११६ जना भने आज नै भारतबाट फर्केका नागरिक हुन्। आज सुदूरपश्चिमका नाका भएर ९६६ जना स्वदेश फर्केका छन्। यस्तै प्रदेशमा सक्रिय संक्रमितको संख्या पनि उकालो लागेको छ। निर्देशनालयका अनुसार प्रदेशमा ४ हजार ५८७ जना सक्रिय संक्रमित पुगेका छन्। उनीहरुमध्ये ११० जनाको मात्रै अस्पतालमा उपचार भइरहेको छ भने अन्य सबै होम आइसोलेसनमा रहेका छन्। 

कमेन्ट लोड गर्नुस