सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा कैलालीका पुरुष घाइते

२०७८ माघ ११, ०५:३५ खबर संवाददाता

कैलाली: कञ्चनपुरमा मोटरसाइकल दुर्घटना एकजना घाइते भएका छन्। कृष्णपुर नगरपालिका– ५ गुलरिया बजारमा सिमेन्ट मिक्सर ट्याक्टरसँग मोटरसाइकल ठोक्किँदा कैलालीको लम्कीचुहा नगरपालिका–४ का महादेव चौधरी घाइते भएका हुन्।

महेन्द्रनगरबाट पूर्वतर्फ आइरहेको से३प ८३८ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट गइरहेको म१ह १९३ नम्बरको मिक्सचर एक आपसमा ठोक्किएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। घाइते चौधरीको अत्तरियास्थित पदमा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस