डोटीको जोरायलमा ओमिक्रोन भेरियन्ट भित्रिन नदिन माग गर्दै ज्ञापनपत्र
डोटी: डोटीको जोरायल गाउँपालिकामा कोरोनाको ओमिक्रोन भेरियन्ट भित्रिन नदिन माग गर्दै ज्ञापनपत्र बुझाइएको छ। नेपाली कांग्रेस प्रदेश सभा (ख) कार्यसमितिले कोरोनाको नयाँ भेरियन्टको संक्रमण फैलिन नदिन माग गर्दै मंगलबार गाउँपालिकालाई ज्ञापनपत्र बुझाएको हो।
संक्रमण रोक्न स्वास्थ्यका मापदण्ड अवलम्बन गराउनुपर्ने, सम्पूर्ण नागरिकलाई खोपको पहुँचमा लग्नुपर्ने, भारत लगायत अन्य देशबाट भित्रिएकाहरुलाई आइसोलेशनमा राख्नुपर्ने, पिसीआर र ऐन्टिजेन परीक्षण मात्रा बढाउनेपर्ने गरी विभिन्न ८ बुँदे माग समितिले राखेको छ। आफ्ना ८ बुँदे मागमा गम्भीर भएर लाग्न समितिका उपसभापति किरण मल्लद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ।