मार्तडीमा विद्युतको राष्ट्रिय प्रसारण लाइन जोडियो
२०७८ माघ ११, ११:१४
बाजुरा: बाजुराको सदरमुकाम मार्तडीमा नेपाल विद्युत प्राधिकरणको राष्ट्रिय प्रसारण लाइन जोडिएको छ। नागरिक समाजले गरेको लगातार ३ दिनको आन्दोलनले सदरमुकाममा राष्ट्रिय प्रसारण लाइन जडान गरिएको हो।
सदरमुकाम मार्तडी आसपासका क्षेत्रमा संचालन हुने गरी लाइन जोडेको नेपाल विद्युत प्राधिकण वितरण केन्द्र बाजुराका प्रमुख ललित कुमार मण्डलले बताए। यसअघि उक्त ठाउँमा दैनिक ६ देखि १० घण्टाको लोडसेडिङ हुँदै आएको थियो।
कमेन्ट लोड गर्नुस