डडेल्धुरामा मेडिकल कलेज स्थापना गर्न मन्त्रिपरिषद्को सैद्धान्तिक सहमति
धनगढी : डडेल्धुरामा मेडिकल कलेज सञ्चालन गर्नका लागि मन्त्रिपरिषद् बैठकले सैद्धान्तिक सहमति प्रदान गर्ने निर्णय गरेको छ। स्वास्थ्य मन्त्रालयको प्रस्तावमा सोमबार बसेकोे मन्त्रिपरिषद्को बैठकले उक्त प्रस्तावमा सैद्धान्तिक सहमति प्रदान गरेको हो।
चिकित्सा शिक्षा सुधारको आन्दोलनमा लागेका डा गोविन्द केसीको माग बमोजिम सरकारले डडेल्धुरामा मेडिकल कलेज स्थापना गर्न लागेको जनाइएको छ । डा. केसी सबै प्रदेशमा मेडिकल कलेज स्थापनालगायतका माग राखेर लामो समयदेखि आन्दोलनरत छन्।