सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा एकैदिन थपिए २१९ कोरोना संक्रमित

२०७८ माघ १०, ०३:४५ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरमा थप २१९ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ। ६०१ जनाको नमूना ऐन्टिजेन र १३ नमूना पीसीआर विधिबाट परीक्षण गर्दा २१९ जनामा संक्रमण फेला परेको स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ। जसमध्ये भारतबाट भित्रिएकाहरु मात्रै ६६ जना रहेको कार्यालयले जनाएको छ। भारतमा संक्रमितको संख्या बढेपछि सीमा नाका गड्डाचौकीमा कोरोना परीक्षण गर्दा ६६ जनामा कोरोना भेटिएको हो। 

योसँगै जिल्लामा सक्रिय संक्रमितको संख्या ९ सय ८७ पुगेको छ। हालसम्म जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय ६ पुगेको छ।

कमेन्ट लोड गर्नुस