कञ्चनपुरमा ३४० बन्डल अवैध बिडी बरामद
२०७८ माघ १०, ०३:२९
धनगढीः कञ्चनपुरमा अवैध बिडी बरामद गरिएको छ। आइतबार प्रहरीले जिल्लाको भिमदत्त नगरपालिका ४ बसपार्कबाट ३४० बन्डल बिडी बरामद गरेको हो।
भारतबाट अवैध रुपमा भन्सार चोरी पैठारी गरी ल्याईएको पंन्छी नामक एक लाख छत्तिस हजार बराबरको बिडी बेवारिसे अवस्थामा फेला परेको थियो। बरामद गरेर उक्त बिडी प्रहरीले गड्डाचौकी भन्सार कार्यालयमा पठाएको छ।
कमेन्ट लोड गर्नुस