सुदूर नेपाललाई विश्वसँग जोड्दै

६ महिनामा दुई अर्बको प्याज आयात

२०७८ माघ १०, ०२:१८ खबर संवाददाता

काठमाडौंः चालू आर्थिक वर्ष २०७८/७९ को ६ महिनामा भारतबाट करिब दुई अर्बको प्याज आयात भएको छ। यो वर्षको साउनदेखि पुससम्ममा भारतबाट उक्त मूल्यको प्याज भित्रिएको भन्सार विभागले जानकारी दिएको छ।

यस अवधिमा भारतबाट ८ करोड २ लाख ८२ हजार किलो प्याज आयात भएको हो। यसबापत आयातकर्ताले २६ करोड ६२ लाख रुपैयाँ भन्सार राजश्व संकलन भएको छ। हरेक वर्ष नेपालले भारतबाट अर्बौ रुपैयाँको खाद्यान्न आयात गर्दै आइरहेको छ। प्याजसहित लसुन, अदुवा, आलु, गोलभेँडा लगायतका दैनिक उपभोग्य वस्तु समेत ठूलो परिमाणमा भारतबाट भित्रिँदै आएको विभागले जनाएको छ।

कमेन्ट लोड गर्नुस