सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा ट्याक्टर दुर्घटना, चालक घाइते

२०७८ माघ ९, १२:५३ खबर संवाददाता

धनगढीः डोटीमा ट्याक्टर दुर्घटना भएको छ। आइतबार बिहान जिल्लाको दिपायल सिलगढी नगरपालिका वडा नंः ४ कुमालिकोटस्थित राजपुरको आर्मी व्यारेक नजिकै दुर्घटना भएको हो। 

प्रहरीका अनुसार बालुवा बोकेर केआइसिंहतर्फ गइरहेको से १ त ३२१७ नम्बरको ट्याक्टर दुर्घटना हुदा चालक घाइते भएका छन्। दुर्घटनामा बाजुरा बुढीनन्दा घर भएका २५ वर्षीय चालक लोकेन्द्र बोहरा घाइते भएका हुन्।   

उनलाइ उपचारका लागि सुजङ अस्पतालमा लगिएको छ। ट्याक्टर सडकबाट करिव २०० मिटर तल खसेको स्थानीय भुपेन्द्र कठायतले बताए। 

कमेन्ट लोड गर्नुस