कैलालीको अत्तरिया अस्पतालले माग्यो ठूलो संख्यामा कर्मचारी
कैलाली: कैलालीको अत्तरियामा सञ्चालन हुने अत्तरिया असपतालले ठूलो संख्यामा कर्मचारी माग गरेको छ। अस्पतालले प्रशासकिय हेल्परदेखि अधिकृत सम्मका कर्मचारी माग गरेको हो।
अस्पताल संचालनका लागि अत्तरियाको महेन्द्रनगर रोडमा ५ तले भवन निर्माण गरिएको छ। निजी क्षेत्रबाट अस्पताल सञ्चालनमा ल्याउन लागिएको अस्पतालका प्रशासन प्रमुख डिल्ली पाठकले बताएका छन्।
हाल १५ शैय्याको अनुमति पाइसकेको उक्त अस्पतालले १ सय बेड संचालन गर्ने गरी प्रक्रिया अगाडी बढाएको जनाएको छ।