सुदूर नेपाललाई विश्वसँग जोड्दै

महिलामाथि हुने हिंसा न्यूनीकरण गर्न निगरानी समूह गठन कार्य जारी

२०७५ पुष २८, ०६:३२ सीपी लोहीया

बैतडीको दशरथचन्द नगरपालिकाले महिलामाथि हुने हिंसा न्यूनीकरणका लागि प्रत्येक वडामा निगरानी समूह गठन कार्य जारी राखेको छ।  वडामा महिलाहरुको भेला गराएर निगरानी समूह गठन गर्ने गरिएको नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख विनोदबहादुर चन्दले जानकारी दिए। 
गाउँमा विभिन्न कारणले महिलामाथि हुने हिंसा न्यूनीकरणका लागि स्थानीय समुदायलाई नै जागरुक गराउने उद्देश्यले निगरानी समूहको अवधारणा अघि ल्याइएको नगर उपप्रमुख मीना चन्दले बताइन्। गाउँमा अवैध रुपमा हुने मदिराको कारोबारले समेत महिलामाथि हुने हिंसाले प्रश्रय पाइरहेकाले मदिराको कारोबारमा समेत नियमन गरिने उनले बताईन्। 
निगरानी समूहमा आवद्ध महिलाहरुलाई महिला हिंसाका बारेमा जानकारी गराइ हिंसा न्यूनीकरणका सवालमा उनीहरुलाई जागरुक गराउने उपप्रमुख चन्दले बताइन्।  निगरानी समूहले वडाको महिला लक्षित बजेटलाई समेत प्रभावकारी रुपमा कार्यान्वयनका लागि भूमिका खेल्ने नगरपालिकाले जनाएको छ।  निगरानी समूहले महिला हिंसा न्यूनिकरणका अभियान थाल्ने र कानुनी कारवाहि बारे जानकारी गराउने बताइएको छ। 
 

सीपी लोहीया दिनेश खवरका बैतडी संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस