सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतमा छोरीलाई बेपत्ता पारेको आरोपमा बझाङका एक जना पक्राउ

२०७८ माघ ५, ११:४६ खबर संवाददाता

धनगढीः भारतमा आफ्नै छोरीलाई बेपत्ता पारेको आरोपमा एक नेपाली पक्राउ परेका छन्। भारतको पिथौरागढ बिभिन्न प्रलोभन देखाएर दुष्कर्म गरेको र बेपत्ता पारेको आरोपमा उनी पक्राउ परेका हुन्। 

पक्राउ पर्नेमा बझाङ घर भएका ३८ पर्षीय दीपक कामी रहेको उत्तराखण्डको पिथौरागढस्थित प्रहरीले जनाएको छ। कामीलाई पक्राउ गरी कानूनी प्रकृया अघि बढाएको छ। कामीबिरुद्ध पाँक्सो कानून अन्तर्गत मुद्धा दर्ता गरिएको बताइएको छ। 

उनले आफ्नै नाबालिक छोरीलाई बेपत्ता पारेको भन्दै एक स्थानीयले कोतवालीमा उजुरी गरेका थिए। प्रहरीले बेपत्ता बालिकालाई खोजतलास गरेर अभिभावकको जिम्मा लगाएका छन्। दीपकलाई भने पिथौरागढस्थित अदालतमा प्रस्तुत गरिएको छ। यसअघि पिथौरागढमा आफ्नै छोरीलाई बलात्कार गरेको अभियोगमा बझाङकै एकजनालाई त्यहाँको अदालतले मृत्युदण्डको सजाय सुनाएको थियो। 

कमेन्ट लोड गर्नुस