सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा मह उत्पादन ५० प्रतिशतले घट्यो

२०७८ माघ ४, ०८:२० खबर संवाददाता

दार्चुला: दार्चुलामा मह उत्पादन ५० प्रतिशतले घटेको छ। जिल्लामा मह उत्पादनमा हिउँदे झरीका कारण यो वर्ष ५० प्रतिशतले मह उत्पादनमा कमी आएको हो। मह संकलन गर्ने समयमा हिउँदे झरीका साथै मौरीमा रोग लागेपछि जिल्लामा मह उत्पादनमा ५० प्रतिशतले कमी आएको कृषि ज्ञान केन्द्र दार्चुलाले जनाएको छ।

विषेश गरी कार्तिक महिनामा मह संकलन गर्ने समयमा निरन्तर हिउँदे झरी पर्दा मौरीमा रोग लागेपछि यो वर्ष मह उत्पादनमा कमी भएको कृषि ज्ञान केन्द्र दार्चुलाका कार्यालय प्रमुख प्रकाश कुमार पन्तले जानकारी दिए।

कमेन्ट लोड गर्नुस