सुदूर नेपाललाई विश्वसँग जोड्दै

युवतीले आफ्नै प्रेमीलाई नयाँ गर्लफ्रेन्ड खोजिदिइन्, कारण यस्तो

२०७८ माघ ३, ०४:३२ खबर संवाददाता

काठमाडौं : एक युवतीले आफ्नो प्रेमीलाई खुसी राख्न नयाँ प्रेमिका खोजिदिएकी छिन्। अमेरिकामा चनेल बी नाम गरेकी ती युवतीले प्रेमीको खुसीका लागि आफैले नयाँ गर्लफ्रेन्ड खोजिदिएकी हुन्।  ती युवतीले तीन वटा जागिर गर्दथिन्। सोही कारण उनले आफ्नो प्रेमीलाई समय दिनै सक्दिनथिन् र शारीरिक रुपमा पनि खुसी पार्न सकिरहेकी थिइनन्। शारीरिक सुखको कमीका कारण ब्वाइफ्रेन्डले आफूलाई नछाडोस् भनेर उनले नयाँ उपाय खोजिन। र, आफ्नो ब्वाइफ्रेन्डका लागि एकजना नयाँ गर्लफ्रेन्ड बनाइदिइन् ।

हरेक दिन तीनवटा जागिर गरेर घर फर्किंदा ब्वाइफ्रेन्डसँग रोमान्स गर्ने समय आफूसँग नहुने र धेरै काम गर्ने हुनाले थकाइका कारण रोमान्सको इच्छा पनि नहुने उनको भनाइ छ। त्यसैले आफ्नो प्रेमीको खुसीको लागि उनी स्वयंले दोस्रो युवती खोजिदिइन्। -डेलीस्टार

कमेन्ट लोड गर्नुस