सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रदेश–१ मा ३७९ मा कोरोना सङ्क्रमण पुष्टि

२०७८ पुष ३०, ०८:५८ रासस

विराटनगर: प्रदेश–१ मा पछिल्लो २४ घण्टाको अवधिमा ३७९मा कोरोना सङ्क्रमण  पुष्टि भएको छ। सामाजिक विकास मन्त्रालयका अनुसार ७४३ को पीसीआर परीक्षण गर्दा ३२४ र ३०३ को एन्टिजेन परीक्षण गर्दा ५५ जनामा सङ्क्रमण भएको  हो।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा  मोरङमा १८६, सुनसरीमा ६८, झापामा ४५, इलाममा चार, धनकुटा, खोटाङ र उदयपुरमा एक÷एक र प्रदेश  बाहिरका १८ जनामा सङ्क्रमण भएको हो। मोरङको विराटनगरमा १६४, बुढीगङ्गामा नौ, कटहरीमा तीन, रङ्गेली, सुन्दरहरैचा र जहदामा दुई÷दुई, ग्रामथान, उर्लाबारी, धनपालथान र स्थानीय तह नखुलेका एक÷एक, सुनसरीको धरानमा ३२, इटहरीमा २५, रामधुनीमा चार, बराहक्षेत्र र दुहवीमा दुई÷दुई, इनरुवा, गढी र स्थानीय तह नखुलेका एक÷एक रहेको मन्त्रालयले जनाएको छ। 

यस्तै झापाको विर्तामोडमा १७, दमकमा नौ, भद्रपुरमा आठ, बुद्धशान्ति, शिवसताक्षी र कनकाईमा दुई÷दुई, अर्जुनधारा, गौरीगञ्ज, मेचीनगर, कमल गाउँपालिका र स्थानीय तह नखुलेका एक÷एक, इलामको रोङमा दुई, इलाम नगरपालिका र स्थानीय तह नखुलेका एक÷एक, धनकुटाको धनकुटा नगरपालिका, खोटाङको दिप्रुङ र उदयपुरको बेलकामा एक÷एक र प्रदेश  बाहिरका १८ जना सङ्क्रमण भएका छन्। प्रदेशमा आज आठ महिलासहित २५ कोरोना सङ्क्रमण मुक्त भएका छन् भने सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार १३७ रहेको मन्त्रालयले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस