सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपालमा एकैदिन ५ हजार ८७ जनामा कोरोना संक्रमण पुष्टि, अवस्था भयावह

२०७८ पुष ३०, ०५:०९ खबर संवाददाता

काठमाडौं: पछिल्लो २४ घण्टामा नेपालमा थप ५०८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ३०६ जना कोरोना मुक्त भएका छन् भने तीन जनाको निधन भएको छ। आज सक्रिय संक्रमितको संख्या १८ हजार २३५ रहेको मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा २० हजार ५६० नमुना परीक्षण गरिएको थियो।  नेपालमा पछिल्लो यो साता कोरोना संक्रमण दर तीव्र रुपमा बढेको छ। बिहीबार ३५५३ जनामा कोरोना संक्रमण भएको थियो भने बुधबार यो संख्या ३०७५ थियो।
यस्तै मंगलबार २४४४ जना संक्रमित थपिएको मन्त्रालयको तथ्यांक छ। सोमबार १४४६ जना संक्रमित भएका थिए। यस्तै आइतबार ११६७ जनामा कोरोना संक्रमित थपिएका थिए।
 

कमेन्ट लोड गर्नुस