सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरा र डोटीका आधा दर्जनभन्दा बढी सडक कालोपत्रे हुँदै

२०७८ पुष २८, ०४:१९ खबर संवाददाता

हरिश चन्द, डडेल्धुरा: डडेल्धुरा र डोटीका आधा दर्जनभन्दा बढी सडक कालोपत्रे हुने भएका छन्। दुवै जिल्लामा यस वर्ष ८ वटा मुख्य सडक कालोपत्रे हुने पूर्वाधार विकास कार्यालयले जनाएको छ।   डडेल्धुरा सदरमुकामदेखि सबै वडा सडकले छोएको छ। तर खनिएको लामोसमय भइसक्दा ती सडकको अवस्था जीर्ण भइसकेको छ। अधिकांश सडकमा बर्सातको समयमा सवारी साधन चल्न नसक्ने अवस्था छ। त्यही कुरालाई मध्यनजर गर्दै पछिल्लो समय संघ, प्रदेश र स्थानीय तहको लगानीमा सडक कालोपत्रे गर्न लागिएको पूर्वाधार विकास कार्यालयका प्रमुख श्यामबहादुर खड्काले बताए। 

पूर्वाधार विकास कार्यालय अन्तरगत यस आर्थिक वर्षमा डोटी र डडेल्धुरामा ७५ किलोमिटर सडक कालोपत्रे हुने उनले बताए। कूल १३३ योजना रहेको कार्यालय अन्तरगत सडकतर्फ १ सय १८, झोलेुङगे पुल ८ र मोटेरेबल पुल ७ रहेका कार्यालय प्रमुख खड्काले जानकारी दिए। अहिले जिल्लामा प्रदेश सरकारको पूर्वाधार विकास कार्यालय र संघीय सरकारको सडक डिभिजन कार्यालयमार्फत सडक सञ्जाल बिस्तार र स्तरोन्नतिको काम भइरहेको छ।
 

कमेन्ट लोड गर्नुस