सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुन र चाँदीको मूल्य बढ्यो

२०७८ पुष २७, ०४:३६ खबर संवाददाता

काठमाडौँ: मंगलबार सुन र चाँदीको मूल्य बढेको छ। सुनको मूल्य तोलमा तीन सय रुपैयाँले बढ्दा चाँदीको मूल्य १० रुपैयाँले बढेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। सोमबार प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार ९१ हजार ६ सय रुपैयाँ तोकिएको छ।

मंगलबारका लागि तेजावी सुनको मूल्य ९१ हजार १ सय रुपैयाँ तोकिएको छ। चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर कारोबार भइरहेको छ। मंगलबार चाँदीको प्रतितोला मूल्य एक हजार दुई सय ३० रुपैयाँ तोकिएको महासंघले बताएको छ।
 

कमेन्ट लोड गर्नुस