डडेल्धुराका छात्राहरुलाई न्यानो कपडा वितरण
डडेल्धुराः डडेल्धुराका ३० छात्रालाई न्यानो कपडा वितरण गरिएको छ। अजयमेरुको समैजी प्राथमिक विद्यालय हाटमा अध्ययनरत छात्राहरुलाई न्यानो कपडा वितरण गरिएको हो। जाडो बढेसँगै विद्यार्थी जाडोले कठ्याङग्रीएको खबर राजेन्द्र ऐरले छोरीका लागि छोरी संस्थालाई जानकारी गराएपछि विद्यार्थीहरुलाई न्यानो कपडा सहयोग गरेको हो।
कैलालीको अत्तरियास्थित कपडा बैंक संयोजक तथा छोरीका लागि छोरी संस्था नेपाल सूचना विभाग सदस्य यशोदा भट्ट, स्वास्थ्य विभाग सदस्य खगेश्वरी पाण्डे, हेमराज भण्डारी र बिएण्डबी गार्मेन्टका सञ्चालक राधिका भट्टराईले न्यानो कपडा सहयोग गरेका हुन्। ३० जना विद्यार्थीलाई ३० जोर नयाँ न्यानो लुगा, टोपी, हाइनेक र ट्राउजर सहयोग गरिएको छ। बालबालिका न्यानो कपडा पाएपछि खुसी भएका छन्।