सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीका युवकको वहराइनमा मृत्यु

२०७८ पुष २७, ११:१८ खबर संवाददाता

कैलाली: कैलालीका युवकको वहराइनमा मृत्यु भएको छ। टीकापुर नगरपालिका–१ सत्घरुवाका  ३४ वर्षीय सुमित रत्गैयाँको बहराइनमा निधन भएको हो।

मंसिर ६ गते बहराइन गएका रत्गैयाँको त्यहाँ गएको डेढ महिनामै पुस २३ गते निधन भएको पारिवारिक श्रोतले जनाएको छ। अकस्मात काम गर्दागर्दै ढलेपछि उनीलाई अस्पताल लगिएको थियो। उपचारका क्रममा उनको मृत्यु भएको उनका दाजु अमितले बताए।  उनका शव एक हप्तापछि नेपाल ल्याइने बताइएको छ। 

कमेन्ट लोड गर्नुस