सुदूर नेपाललाई विश्वसँग जोड्दै

पहिलो पटक मानिसमा सुँगुरको मुटु प्रत्यारोपण

२०७८ पुष २७, ११:०९ खबर संवाददाता

काठमाडौँ: विश्वमै पहिलो पटक मानव शरीरमा सुँगुरको मुटु प्रत्यारोपण गरिएको छ। अमेरिकाको बाल्टिमोरमा सात घण्टा लामो शल्यक्रियापछि ५७ वर्षीय डेभिड बेनेटमा मुटुको प्रत्यारोपण सफल भएको हो। 

शल्यक्रियामा संलग्न चिकित्सकहरूले बेनेटको स्वास्थ्य अवस्थामा सुधार आइरहेको बताएका छन्। सुँगुरको मुटु प्रत्यारोपणपछि उनको आयु कति लम्बिन्छ भन्ने यकिन भएको छैन।
 

कमेन्ट लोड गर्नुस