कञ्चनपुर एमालेमा सहमति भएन, निर्वाचनको तयारी
धनगढीः कञ्चनपुरमा नेकपा एमालेले नेतृत्व चयनमा सहमति जुटाउन सकेको छैन। सहमति नभएपछि निर्वाचनबाट नेतृत्व चयन हुने भएको छ।
निर्वाचनमा लागि अध्यक्षमा दुई जना उम्मेदवार चुनावी मैदानमा छन्। निर्वतमान अध्यक्ष बीरबहादुर थापा र सचिव सुरेन्द्र विष्टले अध्यक्षमा उम्मेदवारी दिएका हुन्। उनीहरुबीच सहमतिको निकै प्रयास गरेपनि सफल भएको थिएन। सहमति नभएपछि निर्वाचन प्रकृया अघि बढेको छनिर्वाचन समितिले जनाएको छ।
यस्तै उपाध्यक्षमा महेश पन्त, चिनी गिरी र लक्ष्मी बुढाको उम्मेदवारी परेको छ। सचिवमा अशोककुमार चन्द र पल्बराज भट्टले उम्मेदवारी दिएका छन्। यसैगरी उपसचिवमा फैरु तामाङ, कर्णबहादुर चन्द, ईश्वरा कुँवर र शेरबहादुर चन्दको उम्मेदवारी छ।