डडेल्धुरामा ग्लोबल आइएमई बैंकको सेवा केन्द्र विस्तार
डडेल्धुरा: डडेल्धुरामा ग्लोबल आइएमई बैंकले आफ्नो थप एक सेवा केन्द्र विस्तार गरेको छ। सोमबार जिल्लाको गन्यापधुरा गाउँपालिका–१ भात्काँडा बजारमा वडा अध्यक्ष चेतराम भट्टले सेवा केन्द्रको उद्घाटन गरेका हुन्।
उक्त केन्द्रमार्फत खाता खोल्ने, रकम जम्मा गर्ने, रकमान्तर गर्ने, कर्जाको सावा ब्याज भुक्तानी गर्ने, बिजुलीको बिल तिर्ने लगायतका सेवाहरु प्रदान गरिने बैंकले जनाएको छ।
जनताको घरदैलोमै आधुनिक बैंकिङ्ग सेवा पुर्याउने र बचत गर्ने बानीको विकास गर्न उक्त सेवा केन्द्रको स्थापना गरिएको ग्लोबल आइएमई बैंक डडेल्धुराका प्रवन्धक प्रकाश भट्टले बताए। यो सँगै बैंकको शाखारहित सेवा केन्द्रको संख्या २६५ पुगेको उनले जानकारी दिए।