दार्चुलामा सर्वसम्मत नेतृत्वका लागि एमालेको कसरत, निर्वाचन धकेलियो
धनगढीः नेकपा एमाले दार्चुलाको नेतृत्व सहमतिमै चयन गर्नका लागि नेताहरुले अन्तिम प्रयास गरिहेका छन्। यता, निर्वाचन कमिटीले पनि मतदानको समय १ घण्टाका लागि पछाडी धकेलेको छ। सहमति नभए चुनावमार्फत नेतृत्व छनौट हुने एमाले दार्चुलाले जनाएको छ।
जिल्ला अध्यक्षका लागि दार्चलामा प्रेमसिंह धामी र ज्ञानेन्द्र घर्ती चुनावी मैदानमा छन्। यस्तै सचिवमा गंगादत्त जोशी र शेरसिंह धामी प्रतिस्पर्धामा छन्। उपसचिवमा उमेश जोशी, खडकसिंह बडाल, चन्द्रादेवी कुँवर, दानीराम पार्की र धनबहादुर कुँवरले उम्मेदवारी दिएका छन्। उपाध्यक्षमा भने यसअघि नै चरनसिंह बुढाथोकी निर्विरोध भइसकेका छन्।